साहित्यपोस्ट डट कम

भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’

भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’

काठमाडौं । वानीरा फाउन्डेसनले विभिन्न विधामा योगदान पुर्याउनुभएकाे स्रष्टा तथा व्यक्तित्वहरूलाई यस वर्षकाे ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

फाउन्डेसनको बैठकले लामो समयदेखि नेपाली भाषा–साहित्यमा सक्रिय कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै, नेपाली लिपिको कम्प्युटर विकास तथा कृत्रिम बौद्धिकतामा आधारित प्रविधिमा योगदान पुर्याउनुभएकाे कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिने भएको छ। यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।

यसैगरी, आख्यान, कविता र हास्यव्यङ्य लेखनमार्फत नेपाली साहित्यमा योगदान पुर्याउनुभएकाे धनराज गिरीलाई ५० हजार रुपैयाँ राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गरिने निर्णय गरिएको छ। समाजसेवामा सक्रिय सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिनेछ।

डा. वानीरा गिरीको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँको ८३औँ जयन्तीका अवसरमा अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण गरिने फाउन्डेसनले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.