साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

भरतपुर प्रज्ञा प्रतिष्ठानको पाँचौँ प्राज्ञ सभाले पारित गर्‍यो नयाँ कार्यक्रम

भरतपुर प्रज्ञा प्रतिष्ठानको पाँचौँ प्राज्ञ सभाले पारित गर्‍यो नयाँ कार्यक्रम

भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको पाँचौँ प्राज्ञ सभा सम्पन्न भएको छ । सभाले आगामी वर्षका नीति तथा कार्यक्रम पारित गर्दै साहित्य, कला, भाषा र संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिष्ठानका संरक्षक तथा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सभाको उद्घाटन गर्दै प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले प्रतिष्ठानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कार्यपालिका सदस्यहरू विष्णुराज महतो, विष्णुबहादुर भुजेल, सिर्जना अधिकारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख उपसचिव सुभाषचन्द्र आचार्यलगायत प्राज्ञसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

सभामा प्रतिष्ठानका सदस्य–सचिव बालकृष्ण थपलियाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । साथै आगामी वर्ष सञ्चालन गरिने नीति तथा कार्यक्रमहरू पनि पारित गरिएको छ ।

सभाले ‘महानगर साहित्य दर्पण’ तथा ‘भरतपुर प्रज्ञा जर्नल’ प्रकाशन, पाण्डुलिपि प्रोत्साहन, प्रज्ञा सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी महानगरभित्र सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने, साहित्यिक तथा सांस्कृतिक संस्थासँग समन्वय गरी विविध साहित्यिक, सांस्कृतिक तथा सङ्गीतिक कार्यक्रम सञ्चालन गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्रतिभाहरूको पहिचान तथा सम्मान गर्ने निर्णय पनि सभाले गरेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.