साहित्यपोस्ट डट कम

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको शपथ ग्रहण सम्पन्न

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको शपथ ग्रहण सम्पन्न

भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान का नवनियुक्त प्राज्ञहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख तथा प्रतिष्ठानका संरक्षक चित्रसेन अधिकारीले अध्यक्ष, प्राज्ञ परिषद् सदस्य तथा प्राज्ञ सभाका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालसहित परिषद् सदस्यहरू केदारनाथ खनाल, प्रा.डा. कर्णबहादुर बानियाँ र विद्या चिराग तथा प्राज्ञ सभाका सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो । महानगरपालिकाले प्राज्ञ सभाका सदस्यहरूमा डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे, रमाकान्त सापकोटा, गायत्री श्रेष्ठ, रमेश प्रभात, वसन्त पराजुली, डीआर पोखरेल, हरि योञ्जन, किसान प्रेमी, पुष्प अधिकारी ‘अञ्जलि’, भजुमन राम महतो, पूर्णप्रसाद अधिकारी, लक्ष्मीकान्त शर्मा पौडेल (लकाश), ईश्वर कडेल, प्रकाश थापा, देव श्रेष्ठ, शान्ति शर्मा र सरला जोशीलाई मनोनयन गरेको छ ।

यसैगरी, महानगरभित्र क्रियाशील साहित्यिक तथा सांस्कृतिक संस्थाहरूबाट चितवन साहित्य परिषद, साहित्य संगम चितवन, नारायणी कला मन्दिर, भाषा, साहित्य, कला संस्कृति प्रतिष्ठान नेपाल र गजल मञ्च चितवन का अध्यक्षहरूलाई समेत प्राज्ञ सभाका सदस्यमा मनोनयन गरिएको छ ।

नवगठित प्रतिष्ठानमार्फत स्थानीय स्तरमा भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.