साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

भानुभक्तको योगदान स्मरण गर्दै एडिलेडमा रचना वाचन

भानुभक्तको योगदान स्मरण गर्दै एडिलेडमा रचना वाचन

एडिलेड (अस्ट्रेलिया) । दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडमा साहित्य अनुरागी एडिलेडको आयोजनामा १९औँ शृङ्खलाअन्तर्गत २१३औँ भानुजयन्ती मनाइएको छ ।

मिचेल पार्क कम्युनिटी हलमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा स्थानीय साहित्यकार, कवि, गीतकार तथा गजलकारहरूले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गर्दै आ–आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।

वाचन गर्नेहरूमा श्रीकृष्ण माझी, सुपक अधिकारी, रामकृष्ण शर्मा, नवीन कँडेल, प्रकाश पौडेल, क्षितिज सापकोटा, पुष्कर कोइराला, आरजू गिरी र कुमाराज सुवेदी रहनुभएकाे थियाे ।

विशेषतः शृङ्गार रसका गीत र गजलहरूको प्रस्तुति रहेको थियो । कवि कुमाराज सुवेदीले ‘परको देशदेखि प्रदेशसम्म’ र ‘सुदूर प्रकृति र उसको दैनिकी’ शीर्षकका कविता वाचन गर्नुभएकाे थियाे ।

देवराज कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रम टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई एडिलेड नेपालले सहयोग गरेको थियो भने नेपाली बुक्स अस्ट्रेलियाले पुस्तक सौजन्य प्रदान गरेको आयोजकले जनाएको छ

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.