साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

भक्तपुरमा ‘शब्दरोपाइँ’ कार्यक्रम सम्पन्न, भानुजयन्तीमा स्रष्टा र विद्यार्थीको उत्साहपूर्ण सहभागिता

भक्तपुरमा ‘शब्दरोपाइँ’ कार्यक्रम सम्पन्न, भानुजयन्तीमा स्रष्टा र विद्यार्थीको उत्साहपूर्ण सहभागिता

भक्तपुर । २१३औँ भानुजयन्तीको अवसरमा भक्तपुर साहित्यिक समाजको आयोजना तथा एभरेष्ट इङ्गलिश स्कूलको सहकार्यमा शनिबार ‘शब्दरोपाइँ’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टा, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा कविहरू मानिक बाबु ग्वङ (‘जिन्दगीभित्रका सपनाहरू’), सुशिला प्रधानाङ्ग (‘आधुनिक भानुभक्त’), कृष्ण बाउसे (‘म प्रकृति हुँ’), काशीराम विरस (‘असार १५ र मेरो देश’), पवित्रा दाहाल (‘नेपाल साझा घर’), मानन्धर अभागी (‘एउटा–एउटा जिउँदो नेपाली बहादुर’), गुहेश्वरी शाक्य (‘नेपाल आमा’), सुलोचना सैंजु जोशी (‘क्षितिज आफ्नै’), दिलकुमारी डंगोल (‘रूमल्लिएका प्रश्नहरू’), राजेन्द्र चित्रकार (‘धरतीको गुनासो’), सूर्यलक्ष्मी भोमी (‘आदर्श नारी’), ईश्वर थोकर (‘गुरूआमा अमृत्यश्वरी दैवज्ञप्रति’), वसन्त नकर्मी (‘अचेल’), मिमला शर्मा (‘आँसु सुकिसकेपछि’), चन्द्रलाल भोमी (‘सरल यात्रा’), राजेशमान केसी (‘ज्ञान–विज्ञान’), न्हुछेरत्न बुद्धाचार्य (‘आदिकवि भानुभक्त आचार्यप्रति एक स्मृति’) र राजकुमार श्रेष्ठ (‘विधवा साँझहरूमा’)ले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे ।

विद्यालयका विद्यार्थीहरू आरुषी दण्डेखु, आयुष्मा सिमाछ्वा, दृढता र दक्षता जयना, आराध्या भुजू, बोधिता मानन्धर, रिति नेपाल, श्रेणी मानन्धर र आराध्या प्रजापतिले आफ्ना सिर्जना प्रस्तुत गर्दै साहित्यप्रतिको रुचि र प्रतिभाको परिचय दिएका थिए । त्यसैगरी सूर्यांश दाहाल, सर्वाङ्गी प्रजापति, सुयशी मोक्तान, विविशा घिमिरे, आराध्या दाहाल, नियाशा प्रधानाङ्ग र दृष्णा पौडेलले माधव घिमिरे, भीमनिधि तिवारीलगायतका कविहरूका छन्द कविता वाचन गरेका थिए ।

कार्यक्रममा वाचित कविताहरूमा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जलि, पर्यावरण संरक्षण, सामाजिक विकृति, भ्रष्टाचार, अनुशासनहीनता, कानुनी विसङ्गति, देशप्रेम तथा नेपाली पहिचानजस्ता विविध विषय समेटिएका थिए ।

कार्यक्रमको उद्घाटन भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन गरी गर्नुभएको थियो भने एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्तराज भण्डारीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

समाजकी सदस्य पवित्रा दाहालले आदिकविको प्रसिद्ध ‘घाँसी’ कविता वाचन गर्नुभएको थियो । त्यसपछि समाजका सल्लाहकार काशीराम विरसले भानुभक्त आचार्यको जीवन, कृतित्व र नेपाली भाषाको विकासमा उहाँले पुर्‍याएको योगदानबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो ।

यस वर्षको कार्यक्रमको विशेष आकर्षण वाचित कवितामाथिको समालोचनात्मक समीक्षा रह्यो । कवि कृष्ण बाउसेले सहभागी कविहरूका रचनामाथि समीक्षात्मक टिप्पणी गर्दै सिर्जनालाई अझ परिष्कृत बनाउने सुझाव दिनुभयो । सहभागीहरूले यसले कार्यक्रमलाई सिकाइ र साहित्यिक अन्तरक्रियाको साझा थलो बनाएको प्रतिक्रिया दिएका थिए ।

युवा शिक्षक तथा कवि धनेश राजोपाध्यायले दही–चिउरा संस्कृतिको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै असार, कृषि र नेपाली जीवनशैलीबीचको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गर्नुभयो ।

विद्यालयका व्यवस्थापन संयोजक नर्वदा भुषालले सबै पक्षको सहकार्यले कार्यक्रम सफल भएको बताउनुभयो । समाजका अध्यक्ष राजुराम मुनंकर्मीले साहित्यमा सङ्ख्याभन्दा गुणस्तरीय सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा अझ सिर्जनशील र प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापनमा भक्तपुर साहित्यिक समाजले एभरेष्ट इङ्गलिश स्कूल तथा कवि–समालोचक कृष्ण बाउसेलाई कदरपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले असारमा रोपिएका धानका बिरुवाले भविष्यमा अन्न फलाएझैँ यस अवसरमा रोपिएका शब्दका बिरुवाले नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वर भूमिमा नयाँ चेतना, नयाँ पुस्ता र नयाँ सिर्जनाको हरियाली फैलाउने विश्वास व्यक्त गरेका थिए ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.