साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

बस है राम्ररी’ नाटक मञ्चन

बस है राम्ररी’ नाटक मञ्चन

काठमाडौं । लालाबाला थियटरले गौशालास्थित स्टुडियो थियटरमा लालाबाला आठौँ समूहका विद्यार्थीहरूको प्रस्तुति ‘बस है राम्ररी’ नाटक मञ्चन गरेको छ।

समूहले करिब छ महिनासम्म नियमित अभिनय प्रशिक्षण लिएपछि दुई महिनाको रिहर्सलमार्फत नाटक तयार पारेको हो। नाटकमा आफ्ना बालबच्चाको उज्ज्वल भविष्यका लागि पैसा कमाउन विदेश गएका एक युवकको मनोदशा प्रस्तुत गरिएको छ। कथामा छोरीले “मेरो साथीको बाबाको आफ्नै बुक सप छ, हजुरचाहिँ किन बाहिर जानुपर्‍यो?” भन्दै बुबालाई फकाउने प्रयास गर्छिन् भने बुबाले देशमा पैसा कमाउने वातावरण नभएको भन्दै विदेशिनुपरेको बाध्यता व्यक्त गर्छन्।

सन् २०१६ देखि सञ्चालनमा रहेको लालाबाला थियटरले बालबालिकाका लागि नियमित अभिनय कक्षा सञ्चालन गर्दै आएको छ। प्रत्येक शनिबार हुने कक्षामा छ महिनासम्म प्रशिक्षण दिएपछि थप दुई महिनाको रिहर्सलपछि नाटक मञ्चन गर्ने अभ्यास रहेको छ।

लालाबालाबाट प्रशिक्षित बालबालिकाले विभिन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि सहभागिता जनाउँदै आएका छन्। हालै अष्ट्रेलियाको गोलबर्न र सिड्नीमा ‘अन्तिम हिउँ’ नाटक पनि मञ्चन गरिएको थियो। आगामी दिनमा चीनको हाईनान सहरमा पनि आफ्ना गतिविधि विस्तार गर्ने योजना रहेको बताइएको छ।

आठौँ समूहमा सान्भी खड्का, शुभम बर्तौला, आरध्या रेग्मी, सुबानी, उत्सव, प्रभाकर, श्रेयम्स, आरम्भ, सिवाँसमान वैध, दिव्यान्सी, गिरिस बराल, स्लोकजंग थापा, सिद्धान्त सिंह, आरुष, आकाश लगायत विभिन्न विद्यालयका बालबालिका सहभागी छन ।

‘बस है राम्ररी’ तथा ‘अन्तिम हिउँ’ नाटकको लेखन तथा निर्देशन टंक चौलागाईंले गर्नुभएको हो। लालाबाला थियटरको नवौँ समूह आगामी जेठ महिनाबाट सुरु हुने बताइएको छ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.