साहित्यपोस्ट डट कम

बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने

बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने

काठमाडौँ । नइ एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि तथा नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान र सिर्जनात्मक संवर्धनमा योगदान पुर्‍याएबापत बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। यस वर्षको ‘नइ प्रज्ञा पुरस्कार’बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा. केशव सुवेदी, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. जङ्गब चौहान, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, डा. साधना पन्त ‘प्रतीक्षा’ र डा. हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ।

एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। एकेडेमीले समालोचक वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको जनाएको छ। सम्मेलन २०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने कार्यक्रम रहेको छ। सोही अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिनेछ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.