साहित्यपोस्ट डट कम

बालकृष्ण गजुरेलको उपन्यास ‘मञ्जरा’ सार्वजनिक

बालकृष्ण गजुरेलको उपन्यास ‘मञ्जरा’ सार्वजनिक

काठमाडौं । विभिन्न विधामा कलम चलाउँदै आउनुभएकाे लेखक बालकृष्ण गजुरेलको नयाँ उपन्यास ‘मञ्जरा’ सार्वजनिक भएको छ ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा लेखकका पिता दुर्गाप्रसाद गजुरेलले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

प्रेम तथा रोमाञ्चमा आधारित यस उपन्यासमा महिला पात्रको वर्चस्व प्रस्तुत गरिएको छ । लेखक गजुरेलका अनुसार कृतिले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तुका रूपमा उठान गरेको छ ।

उपन्यास ‘मञ्जरा’ बुकान्त पब्लिकेसन, सिलिगुढीद्वारा प्रकाशित गरिएको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.