साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

बालप्रतिभालाई लक्षित ‘द पोएट आइडल जुनियर’को टिजर सार्वजनिक

बालप्रतिभालाई लक्षित ‘द पोएट आइडल जुनियर’को टिजर सार्वजनिक

काठमाडौं । बालबालिका तथा किशोर–किशोरीहरूलाई लक्षित रियालिटी शो ‘द पोएट आइडल जुनियर’को पहिलो टिजर तथा पर्फर्मेन्स भिडियो सार्वजनिक गरिएको छ ।

१८ वर्षसम्मका बालप्रतिभालाई लक्षित गर्दै सञ्चालन हुन लागेको कार्यक्रमले कविता सिर्जना र वाचनकलालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

सार्वजनिक टिजरमा बालप्रतिभा समृद्धि राईको कविता तथा उनकी आमासँगको भावनात्मक संवाद समेटिएको छ । टिजरले बालबालिकाको सिर्जनात्मक क्षमता, संवेदनशीलता र अभिव्यक्तिको सौन्दर्यलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ ।

आयोजकका अनुसार ‘द पोएट आइडल जुनियर’ बालबालिकाले आफ्ना मौलिक सिर्जना प्रस्तुत गर्न पाउने विशेष मञ्च हो । कार्यक्रममा सहभागीहरूले कविता लेखन, वाचनकला र सिर्जनात्मक अभिव्यक्तिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

सार्वजनिक गरिएको पहिलो टिजरले दर्शकमाझ कार्यक्रमप्रति उत्सुकता बढाएको आयोजकको दाबी छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.