साहित्यपोस्ट-नपढी सुखै छैन...

बालगीत : कता हिँड्यौ

बालगीत : कता हिँड्यौ

कता हिँड्यौ खाली खुट्टै चप्पल खै त नि ?

चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ?

काँढा बिझ्ला, फोहोर लाग्ला खाली खुट्टामा

लाग्ला ठेस, घाउचोट अनेक बित्थामा

लाउन त लाउँथ्यौ आक्कलझुक्कल, खै त नि ?

चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ?

चप्पल, जुत्ता लगाएर हिँडे साथीभाइ

हेर–हेर खाली खुट्टा भन्लान् तिमीलाई

गरेको त अरूको नि नक्कल खै त नि ?

चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.