साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

बालगीत : घामकिरी

बालगीत : घामकिरी

के हो भन्थेँ आकाशमा उड्ने फिरिफिरी

आखिरमा थाहा पाएँ रैछन् घामकिरी ।

कति धेरै रङ्गीचङ्गी कति धेरै हुल

यस्तो लाग्यो हावासँगै उडेका छन् फूल ।

उडेका पो कता होलान् लामा प्वाँख भिरी

बादलको देश जाने हो कि घामकिरी ?

पुच्छर पनि लामा–लामा हेलिकप्टर जस्तै

उडिमात्रै रहन्छन् कि जान्छन् कतै बस्दै ?

पात हल्लाई हावा पनि चल्यो सिरिसिरी

हावा चलेकै दिशातिर उडे घामकिरी ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.