साहित्यपोस्ट-नपढी सुखै छैन...

बालगीत : फर्सी

बालगीत : फर्सी

आमाले सिकुवामा

झुण्ड्याउनुभो फर्सी

आजै खाने हैन अरे

खाने भोलि पर्सि ।

जब पर्छ तिहुनको

अनिकाल धेरै

फर्सी पनि भन्दो होला

‘अब पालो मेरै !’

झुण्डिएको फर्सी देखि

राती बहिनी तर्सी

आजै खाने हैन अरे

खाने भोलि पर्सि ।

उसिनेर खाए हुने

पकाए नि हुने

गुणी पो रहेछ फर्सी

बल्ल आज सुनेँ ।

बुवालाई चाहिँ मन छ

बेची लाउन जर्सी

आमा भन्नुहुन्छ

‘अनिकालमा खाने भोलि पर्सि !’

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.