साहित्यपोस्ट डट कम

बालगीत : चङ्गा

बालगीत : चङ्गा

कसले हो खै आकाशमा उडाएछ चङ्गा

उता चङ्गा आकाशमा यता भाइ दङ्ग ।

घरी नाच्छ पुतलीझैँ घरी उड्छ सीधा

पुग्छ कि त घामै छुन अझै आकासिँदा ।

चोर्ने हो कि उड्दा उड्दै इन्द्रेणीको रङ्ग

उता चङ्गा आकाशमा यता भाइ दङ्ग ।

लामो पुच्छर हावामाथि सर्प उडेजस्तो

चङ्गाजस्तै उड्न पाए हुन्थ्यो होला कस्तो !

चङ्गा तान्ने लट्टाई–धागो होला को सँग ?

उता चङ्गा आकाशमा यता भाइ दङ्ग ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.