साहित्यपोस्ट डट कम

‘अस्ट्रेलिया दर्पण’ को भव्य लोकार्पण तथा नयाँ कार्यसमिति घोषणा

‘अस्ट्रेलिया दर्पण’ को भव्य लोकार्पण तथा नयाँ कार्यसमिति घोषणा

अस्ट्रेलियाको सिड्नीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरद्वारा प्रकाशित साहित्यिक कृति ‘अस्ट्रेलिया दर्पण’ को भव्य लोकार्पण सम्पन्न भएको छ । सोही अवसरमा च्याप्टरको ८ औँ साधारण सभा तथा १५ औँ स्थापना दिवस पनि मनाइएको थियो ।

डा. प्रकाश पौडेलको सभापतित्व तथा अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिड्नी क्षेत्रका साहित्यकार, समाजसेवी, पत्रकार, कलाकार तथा साहित्यानुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महासचिव भावना पराजुलीको सहजीकरणमा सुरु भएको कार्यक्रममा दीप प्रज्वलनसँगै उद्घाटन गरी नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । त्यसपछि प्रमुख अतिथि, विशेष अतिथि तथा पूर्व अध्यक्षहरूको उपस्थितिमा ‘अस्ट्रेलिया दर्पण’ को संयुक्त लोकार्पण गरिएको थियो ।

वक्ताहरूले सिड्नीमा नेपाली साहित्यिक गतिविधि तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै यसले नेपाली समुदायमा साहित्यप्रतिको चेतना अझ सुदृढ बनाएको धारणा राख्नुभयाे । प्रमुख अतिथि सुवेदीले कृतिको स्तर उच्च रहेको र यसले अनेसासको गरिमा थप उचो बनाएको बताउनुभयाे ।

नयाँ कार्यसमितिमा अध्यक्ष: भावना पराजुली, उपाध्यक्ष: डा. राजु मानन्धर, महासचिव: नगेन्द्र भट्टराई, सचिव: नेत्रप्रसाद पौडेल, कोषाध्यक्ष: प्रेक्षा कणेल, पब्लिक अफिसर: सरोज पाण्डे,

सदस्यहरूमा बालकृष्ण बस्याल, सितु श्रेष्ठ, दयाराम सिम्खडा, महिमा दीप फुल्लेल रहनुभएक्ाे छ ।

कार्यक्रममा बाल प्रतिभा आयाम घिमिरेको चित्रकला प्रदर्शनी तथा अन्य बाल प्रतिभाहरूको प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रमको अन्त्यमा “सिद्धिचरण श्रेष्ठ बाल वक्तृत्वकला प्रतियोगिता” का विजेताहरूलाई पुरस्कार वितरण गरिनुका साथै “अनेसास मिडिया अवार्ड” बाट डा. राजु मानन्धर सम्मानित हुनुभएकाे थियाे । नेपाली साहित्यको प्रवर्द्धनमा प्रवासबाट भइरहेको यस्तो सक्रियता प्रशंसनीय छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.