साहित्यपोस्ट डट कम

अर्याल र बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’

अर्याल र बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’

नइ एकेडेमीले युवा प्राज्ञद्वय अम्बिका अर्याल र त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली भाषा–साहित्यको अनुसन्धानमा समर्पित भई ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा योगदान पुर्‍याएबापत उहाँहरूलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ। पुरस्कारको राशि जनही २५–२५ हजार रुपैयाँ रहेको छ।

सुप्रसिद्ध मनोचिकित्सक कपिलदेव उपाध्यायको सम्मानमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’ स्थापना गरिएको हो। नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ।

चैत २७, २८ र २९ गते आयोजना हुने नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका अवसरमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.