साहित्यपोस्ट डट कम

अर्जुन धमला तीन मुक्तक

अर्जुन धमला तीन मुक्तक

रिसाउँदै माफी माग्ने कस्तो प्रेम हो यो ?

एकै पलमा टाढा भाग्ने कस्तो प्रेम हो यो ?

रुन्छौ, हाँस्छौ, हसाउँछौ, बच्चाजस्तै तिमी

छुटेपछि माया लाग्ने कस्तो प्रेम हो यो

तपाईँ आफ्नो बाको लागि नायक बन्नुपर्छ

स्वाभिमानी, निडर अनि लायक बन्नुपर्छ ।

बाका थुप्रै सपना होलान् पूरा हुन नसकेका

बुढेसकालको लाठीजस्तै सहायक बन्नुपर्छ ।

मीठो हुन्छ भन्थे सबै मिहिनेतको फल

हो रहेछ साँच्चै मीठो सफलताको पल ।

आत्तिएला मन तिम्रो, बरालिन दिनुहुन्न

एक दिन आफैँ खोज्छ यो जिन्दगीले हल ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.