साहित्यपोस्ट डट कम

अनुवाद कविताः जब म आफूलाई सोच्छु अनि आफ्नु लोक सम्झन्छु

अनुवाद कविताः जब म आफूलाई सोच्छु अनि आफ्नु लोक सम्झन्छु

मूल कवि: माया आङ्गलु

जब

म आफ्नु बारेमा

मृत्युपर्यन्त

केही सोचिरहेको हुन्छु

तब म

लगभग लगभग हाँसी रहेको हुन्छु

मेरो जीवन

एउटा हास्यास्पद

ख्याल ठट्टा हो

म हिँडेको नाच

मेरो गीतको बोल

म एकदमै इतरिएर

खित्का छोड्छु

जब

म आफूलाई सोच्छु

साठी वर्षदेखि

म यो लोकमा छु

जब जब

म आफूलाई सोच्ने गर्छु

तब पेट

मिची मिची

हाँस्ने गरेको छु

जब

म दोब्रिन्छु

गर्वले फक्रिन्छु

जब म टुट्छु

उदास निराश हुन्छु

जो

नानीका खातिर

म खटिन्छु

उनले मलाई

केटी भनेर सम्बोधन गर्छिन्

म उनको खातिर

र कर्मका निमित्त

हजुर म केटी

हाजिरी भइदिन्छु

मेरो लोक

मेरो पक्षमा फैलिएको

र फिँजिएको छ

म यति विघ्न हाँसे कि

हाँसेरै मृत्यु नजिक पुगेँ

मोक्ष द्वारमा

तिनीहरूले सुनाएका कथा

मलाई भ्रम जस्तो लाग्छ

तिनीहरू

फलको खेती गर्छन्

तर खान्छन् फलको बोक्रा

जब

म आफ्नु लोक सम्झन्छु

म हाँसीहाँसी रुनु खोज्छु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.