मूल कवि: माया आङ्गलु
जब
म आफ्नु बारेमा
मृत्युपर्यन्त
केही सोचिरहेको हुन्छु
तब म
लगभग लगभग हाँसी रहेको हुन्छु
मेरो जीवन
एउटा हास्यास्पद
ख्याल ठट्टा हो
म हिँडेको नाच
मेरो गीतको बोल
म एकदमै इतरिएर
खित्का छोड्छु
जब
म आफूलाई सोच्छु
साठी वर्षदेखि
म यो लोकमा छु
जब जब
म आफूलाई सोच्ने गर्छु
तब पेट
मिची मिची
हाँस्ने गरेको छु
जब
म दोब्रिन्छु
गर्वले फक्रिन्छु
जब म टुट्छु
उदास निराश हुन्छु
जो
नानीका खातिर
म खटिन्छु
उनले मलाई
केटी भनेर सम्बोधन गर्छिन्
म उनको खातिर
र कर्मका निमित्त
हजुर म केटी
हाजिरी भइदिन्छु
मेरो लोक
मेरो पक्षमा फैलिएको
र फिँजिएको छ
म यति विघ्न हाँसे कि
हाँसेरै मृत्यु नजिक पुगेँ
मोक्ष द्वारमा
तिनीहरूले सुनाएका कथा
मलाई भ्रम जस्तो लाग्छ
तिनीहरू
फलको खेती गर्छन्
तर खान्छन् फलको बोक्रा
जब
म आफ्नु लोक सम्झन्छु
म हाँसीहाँसी रुनु खोज्छु ।

