साहित्यपोस्ट डट कम

अनूदित कविताः साउँ अक्षर समानुभूतिका

अनूदित कविताः साउँ अक्षर समानुभूतिका

मूल कवि: मोर्गन हार्पर निकोल्स (अमेरिका)

अनुवादकः विपिन तिवारी

के म

तपाईंको निमित्त

ढोका खोलिदिउँ ?

कि

तपाईंको जुत्ताभित्र

म हिडिदिउँ ?

तर

म देख्दै छु

तपाईंको जुत्ताको तलुवा

कसैले लगाइसकेको छ

तपाईंको

तथाकथित ठोसपना

फाटिसकेको छ

योभन्दा अघि

कथाको भार र हार मुनि

म कहिले बाँचेको छुइनँ

तपाईंको ढोका

म खोलिदिउँ ?

यही नै तुच्छ काम

हजुरका निमित्त

म गर्नु सक्छु ।

सिक्किम, भारत

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.