साहित्यपोस्ट डट कम

अन्तरविद्यालय निबन्ध प्रतियोगितामा नुर दाहाल प्रथम

अन्तरविद्यालय निबन्ध प्रतियोगितामा नुर दाहाल प्रथम

ललितपुर । ललितपुर–२, सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीकी छात्रा नुर दाहाल अन्तरविद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको प्रतियोगितामा दाहाल प्रथम भएकी हुन् । उनी रेडियन्ट रिडर्स एकेडेमीमा कक्षा १० मा अध्ययनरत छिन् ।

अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा ‘लागुपदार्थ दुर्व्यसन र यसका दुष्परिणाम’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.