काठमाडौं । एक थिएटर नेपालको प्रस्तुतिमा नाटक ‘जिउँदो आकाश’ मञ्चन हुने भएको छ ।
चन्द्रप्रसाद पाण्डेयद्वारा लिखित नाटकको निर्देशन तथा परिकल्पना आर.के. मेहताले गर्नुभएको हो । नाटकमा रङ्गकर्मी अनिल सुब्बाको एकल अभिनय रहनेछ । उहाँले नाटकमा विभिन्न पात्रको भूमिका निर्वाह गर्नुहुनेछ ।
लैङ्गिक अल्पसङ्ख्यक समुदायको मनोवैज्ञानिक, व्यवहारिक तथा सामाजिक पक्षलाई केन्द्रमा राखेर तयार पारिएको नाटक यसअघि नौ वर्षअघि नेपालका विभिन्न स्थान तथा भारतका विभिन्न नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको थियो ।
‘जिउँदो आकाश’ साउन १ गतेदेखि १२ गतेसम्म एक थिएटर नेपालमा मञ्चन हुनेछ ।

