साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

अनेसासमा को को उम्मेदवार छ्न ?

अनेसासमा को को उम्मेदवार छ्न  ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

निर्वाचन समितिका अनुसार आगामी जुलाई ७ देखि ९ सम्म मतदान हुनेछ । जुलाई ४ सम्म प्रचारप्रसार गर्न पाइनेछ भने जुलाई ५ र ६ लाई मौन अवधिका रूपमा तोकिएको छ । निर्वाचनको परिणाम जुलाई १० मा सार्वजनिक गरिने जनाइएको छ ।

सपटक केन्द्रीय अध्यक्ष पदका लागि अमेरिकाको बोस्टन निवासी लालगोपाल सुवेदी र क्यानाडा निवासी सुरेन उप्रेती प्रतिस्पर्धामा छन् ।

महासचिव पदमा राजु सिटौला र सहदेव कोइराला प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुदीपभद्र खनाल र तारा अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्रीय उपाध्यक्षतर्फ एसियाका लागि दिनेशराज ज्ञवाली, ओसेनियाका लागि डा. प्रकाश पौडेल तथा युरोपका लागि राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अमेरिकाका लागि क्षेत्रीय उपाध्यक्ष पदमा अग्नि पराजुली, गीता बजगाईं र शकुन ज्ञवाली प्रतिस्पर्धामा छन् ।

सचिव पदमा ऋषभदेव घिमिरे तथा कोषाध्यक्ष पदमा पुष्पा खनाल निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारी सदस्य पदका लागि डा. कृष्ण शाह ‘यात्री’, डा. पारशमणि गङ्गाल, हरिमाया अधिकारी, महेश्वर पन्त, मीरा कोइराला, नीलकण्ठ सुवेदी, पीपलमणि सिग्देल र राजेन्द्र केसी प्रतिस्पर्धामा छन् ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.