साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

अनेसासको अध्यक्षमा लालगोपाल सुवेदी विजयी

अनेसासको अध्यक्षमा लालगोपाल सुवेदी विजयी

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२६–२०२८ कार्यकालका लागि सम्पन्न अनलाइन निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनबाट लालगोपाल सुवेदी अध्यक्षमा विजयी हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार विश्वभर रहेका आजीवन सदस्यहरूको सहभागितामा सम्पन्न निर्वाचनमा कुल मतदातामध्ये ४८.४२ प्रतिशत मत खसेको थियो । अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो ।

अध्यक्ष पदमा सुवेदीले ९३३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी ७८४ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत प्राप्त गर्नुभयो ।

अमेरिका क्षेत्रीय उपाध्यक्ष पदमा सकुन ज्ञवाली निर्वाचित हुनुभएको छ । उहाँले ९०३ मत प्राप्त गर्नुभयो । सो पदमा गीता बजगाईंले ४५३ मत र अग्नि पराजुलीले ७२ मत प्राप्त गर्नुभयो ।

महासचिव पदमा राजु सिटौला विजयी हुनुभएको छ । उहाँले १ हजार २०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत प्राप्त गर्नुभयो ।

पाँच सदस्य पदका लागि भएको निर्वाचनमा मिरा कोइराला १ हजार २०३ मतसहित सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभयो । महेश्वर पन्तले १ हजार ८९, राजेन्द्र केसीले १ हजार ७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत प्राप्त गर्दै सदस्यमा विजयी हुनुभयो ।

सदस्य पदका अन्य उम्मेदवारमध्ये डा. कृष्ण शाह ‘यात्री’ले ८३२, नीलकण्ठ सुवेदीले ६४६ र पिपलमणि सिग्देलले ६३४ मत प्राप्त गर्नुभयो ।

विश्वका विभिन्न मुलुकमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय अनेसासले नयाँ नेतृत्वसँगै साहित्यिक सिर्जना, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वभरका नेपाली साहित्यकारबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.