साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

अनेसास जापान र तनहुँ समाज जापानद्वारा २१३औँ भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न

अनेसास जापान र तनहुँ समाज जापानद्वारा २१३औँ भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा ‘भानु उत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।

अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थले कार्यक्रम संयोजन गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका उपसभापति विष्णुप्रसाद घिमिरे, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, अनेसास एसिया उपाध्यक्ष दिनेशराज ज्ञवाली तथा अनेसास जापानका निवर्तमान अध्यक्ष अरुण पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको अतुलनीय योगदानको चर्चा गर्नुभयो । उहाँहरूले यस्ता साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अनेसास जापानका पूर्वअध्यक्ष गिरिजा गैह्रे, सल्लाहकार सविना रेग्मी तथा साहित्यकार गृष्मा पौड्यालले भानुभक्तका रचना वाचन गर्नुभयो । तनहुँ समाज जापानका वरिष्ठ उपाध्यक्ष दीपक घिमिरेले ‘भानुभक्तको व्यक्तित्व र कृतित्व’ विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो ।

सोही अवसरमा नुवाकोटकी कवि तथा गजलकार सुमित्रा सुमीको कवितासङ्ग्रह ‘कलेजी बर्को’ को जापानमा विमोचन गरिएको थियो ।

खुला रचना वाचन सत्रमा डिजी शर्मा, सुजाता शर्मा, शान्ति अधिकारी, बैकुण्ठ भट्ट, सुजन बैरागी, मनिषा सुवेदी, विश्वबन्धु भण्डारी, इन्दिरा खनाल, अमृत ढकाल, सोना केसी, लक्ष्मी पौडेल, दीपा घिमिरे, यमलाल कँडेल, सरिता ढकाल, शारदा पाण्डे, सरोज घिमिरे, धिषण निरौला, राजन चिमरिया तथा प्रिजम न्यौपानेलगायतका स्रष्टाले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा चार वर्षीया इवा पौडेलले आकर्षक नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकको मन जित्नुभएको थियो ।

जापानमा रहेका साहित्यप्रेमी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा तनहुँ समाज जापानका महासचिव डा. दिपेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनेसास जापानका महासचिव मनोज मौसम केसी र सचिव विनिशा सापकोटाले संयुक्त रूपमा गर्नुभएको थियो ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘भानु उत्सव–२०८३’ सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.