साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

अनेसास अफ्रिका च्याप्टरद्वारा अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

अनेसास अफ्रिका च्याप्टरद्वारा अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा अमेरिकाकी कवि जमुना भट्टराई प्रथम, नेपालकी सिन्धु पौडेल द्वितीय तथा सेसेल्सका महेन्द्र भट्टराई तृतीय हुनुभएको छ । यसैगरी अमेरिकाका कवि मधु घिमिरे र भारतको सिक्किमकी कवि विष्णुमाया कट्टेलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा उत्कृष्ट १० कविताका स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।

अनेसास अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गोपर्मा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले प्रमुख अतिथि तथा केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौला विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन अनेसासका केन्द्रीय उपाध्यक्ष तथा अनेसास अफ्रिका महादेशीय च्याप्टरका संस्थापक अध्यक्ष गणेश खड्काले गर्नुभएको थियो ।

प्रमुख अतिथि सर्वज्ञ वाग्लेले अनेसास अफ्रिका च्याप्टरले ‘किलिमन्जारो’ प्रकाशनसहित नेपाली भाषा र साहित्यका क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गर्नुभयो ।

विशेष अतिथि हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरको उन्नति र प्रगतिमा सम्पूर्ण सदस्यको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

अनेसासका केन्द्रीय उपाध्यक्ष गणेश खड्काले च्याप्टर स्थापना भएदेखि हालसम्म सञ्चालन गरिएका गतिविधि नेपाली भाषा–साहित्यको उन्नयनका दृष्टिले महत्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गर्दै ती योगदानलाई सदैव स्मरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अनेसासका महासचिव राजु सिटौला, प्रमुख निर्णायक कवि सुविद गुरागाईं, निर्णायक मण्डलका सदस्य कवि राज आशातीत तथा अन्य कवि, साहित्यकार र साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सचिव भरत रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिव रामचन्द्र राईले गर्नुभएको थियो ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.