साहित्यपोस्ट डट कम

आनन्दआश्रममा साहित्यिक गोष्ठी सम्पन्न

आनन्दआश्रममा साहित्यिक गोष्ठी सम्पन्न

स्याङ्जा । आँधीखोला–६ फापरथुमस्थित आनन्दआश्रममा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा २०८२ चैत २१ गते सम्पन्न गोष्ठी संस्थाको मासिक शृङ्खलाअन्तर्गत ३८औँ अध्यायका रूपमा आयोजना गरिएको हो ।

कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष दिप्तिनारायण शर्माले गर्नुभएकाे थियाे भने सेतीकाली साहित्य संगम, तनहुँ–भिमादका अध्यक्ष नारायण कैलाश सिग्देल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

गोष्ठीमा सेतीकाली साहित्य संगमको टोलीको सहभागिताले विशेष आकर्षण थपेको आयोजकले जनाएको छ । सहभागी टोलीले आनन्दआश्रम परिसर, पुस्तकालय तथा अन्य संरचनाको अवलोकन गर्नुका साथै अध्यक्ष सिग्देलले पुस्तकालयका लागि पुस्तकहरू दान गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि सिग्देलले आनन्दआश्रमले ग्रामीण क्षेत्रमा साहित्यिक उन्नयन र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयाे । उहाँले आफ्नो अघिल्लो सहभागिता स्मरण गर्दै संस्थाका गतिविधिप्रति प्रशंसा व्यक्त गर्नुभएकाे थियाे ।

गोष्ठीमा विद्यार्थी सम्पन्न पोखरेल, शिक्षक शर्मिला बस्याल र अभिभावक देवी सापकोटाले कविता वाचन गर्नुभएकाे थियाे । त्यस्तै सहप्राध्यापक हिमलाल पुरी र सल्लाहकार चिन्तु गिरीले कविता तथा हाइकु प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा लक्ष्मी भण्डारी, दिना गोतामे, रामचन्द्र अर्याल, रामचन्द्र पौडेल, केशव काफ्ले, सूर्यप्रसाद रिजाल र दिननाथ पराजुलीले कविता, गजल र भजन प्रस्तुत गर्नुभएकाे थियाे ।

संस्थाका संरक्षक त्रिलोचन ढकालले आनन्दआश्रम ज्ञान केन्द्रका गतिविधिबारे जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण सचिव दोलराज ढकालले गर्नुभएकाे थियाे । समापनका क्रममा सभापति शर्माले आगामी २०८३ वैशाख १९ गते ‘कविता कसरी लेख्ने’ विषयमा प्रशिक्षण तथा विचार विमर्श कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.