साहित्यपोस्ट-नपढी सुखै छैन...

अमर कीर्तिमानीकाे तीन मुक्तक

अमर कीर्तिमानीकाे तीन मुक्तक

फ्याउराहरू बास्न थाले भोटे कुकुर लगाइदिनू

देशघातीहरूलाई डाँडा पनि कटाई भगाइदिनू ।

नेपाल आमालाई चिथोर्ने–टोक्ने व्वाँसाहरूलाई

ढल मिसिएको बागमतीमा फालेर बगाइदिनू ।

मीठो खोज्न बजारमा कदम चालाचाल छ

खाद्यवस्तुको नाममा मन्दविष फालाफाल छ ।

घातक खानेकुरा स्वादसँग थलिएपछि भने

निजी अस्पतालहरूलाई यहाँ मालामाल छ ।

म दोषी होइन भन्दा पनि जितेर गयौ

मलाई गुण्डाको रोहवरमा पिटेर गयौ ।

दोष अर्कैको थियो प्रिय ! बुझिनौ आखिर

मेरो मुहारमा कालोमोसो लिपेर गयौ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.