साहित्यपोस्ट डट कम

अमर कीर्तिमानीकाे मुक्तक

अमर कीर्तिमानीकाे मुक्तक

अर्बपति जोगीले शिष्यको मन लुटे

अनि बिस्तारै जालमा पारेर धन लुटे ।

ब्रेनवास र हिप्नोसिसको प्रयोग गर्दै

आखिरमा आफ्नै चेलीको तन लुटे ।

मायाको बारीमा प्रेमको बीउ छरौँला

सुन्दर फूलको बोट चढेर भुइँ झरौँला ।

तिमी उसलाई भेटेर आऊ, म उनीलाई भेटेर आउँछु

अनि फेरि निर्धक्कसँग प्रीतिका कुरा गरौँला ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.