साहित्यपोस्ट डट कम

अमर कीर्तिमानीका तीन मुक्तक

अमर कीर्तिमानीका तीन मुक्तक

(एक)

मलाई त्यसै आफ्नै मनको घाउको डर लाग्छ

तिमीले देखाउने उल्टो हाउभाउको डर लाग्छ ।

कहिलेकाहीँ तिमीलाई भेट्न आउँ भने प्रिय

लठ्ठी टेक्ने तिम्रा ती हजुरबाउको डर लाग्छ ।

(दुई)

आश्रम धाउनेहरू मानसिक रोगी भए रे

निधारमा चन्दन दल्नेहरू भोगी भए रे ।

गुरुभक्तिबाट करोडौँ कमाउँछु भन्थे एक मित्र

तर आखिर माग्दै हिँड्ने जोगी भए रे ।

(तीन)

चुनावका लागि भोट-बैंक खोज्दैछन् उनी

मतपेटिका साट्न गुण्डाहरू रोज्दैछन् उनी ।

निर्वाचनमा जितेपछि कुन-कुन धनाढ्यलाई

कुन-कुन पद बिक्री गर्ने भनी सोच्दैछन् उनी ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.