साहित्यपोस्ट डट कम

आकाश भट्टराईकाे तीन मुक्तक

आकाश भट्टराईकाे तीन मुक्तक

साँझ–बिहान तिम्रै झल्को आउँछ के गरूँ

खबर सुनूँ पलपलको लाग्छ के गरूँ ।

मैले प्रेम भनेँ, तिमीले खै के नाम दियौ सम्बन्धको ?

तिमी मेरो जोडी भन्न मन लाग्छ के गरूँ !

न त कुनै गुनासो छ, न त कुनै बदलाको भाव छ

तिम्रो खुसी हेरी बाँच्ने, यो मनको एउटा स्वभाव छ ।

तिमी टाढिए पनि सधैँ, तिम्रो भलो नै चिताइरहनेछु

मेरो निस्वार्थ प्रेममा, कमी छैन मात्र तिम्रो अभाव छ ।

मेरो हाँसो, मेराे खुसी, मेरो संसार थियौ तिमी

बढी के भनूँ, मेरो हर प्रार्थनामा थियौ तिमी ।

तिमी त सजिलै मोडिएर अर्कै विकल्प रोज्यौ

मेरा लागि त सारा ब्रह्माण्डको आधार थियौ तिमी ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.