साहित्यपोस्ट डट कम

४५औँ झपट पुरस्कारबाट चार स्रष्टा सम्मानित

४५औँ झपट पुरस्कारबाट चार स्रष्टा सम्मानित

काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले ४५औँ झपट पुरस्कार चार जना स्रष्टालाई प्रदान गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार वासुदेव त्रिपाठीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

यस वर्षको झपट पुरस्कार अन्तर्गत सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै गोपालप्रसाद शर्मा र कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको ‘सैनध्वज–नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिएको हो ।

आख्यानमार्फत नेपाली साहित्यमा योगदान पुर्‍याएबापत सनत रेग्मी सम्मानित हुनुभएकाे हाे भने गीतमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन योगदान दिएको भन्दै राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको हो । यसैगरी नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने शर्मा र महर्जनलाई शोधतर्फको पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कारका लागि स्रष्टाहरूको छनोट इन्दिरा प्रसाईंको संयोजकत्वमा गठित समितिले गरेको थियो, जसमा हेमचन्द्र नेपाल र भरतकुमार भट्टराई सदस्य रहनुभएकाे थियाे ।

सोही अवसरमा रेखा राणाद्वारा लिखित ‘अनन्त कृतज्ञता’ (Endless Gratitude) पुस्तकको पनि विमोचन गरिएको थियो। कार्यक्रममा स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ट्याग: अरुण राणा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.