साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

अन्जना ताम्राकारले सुनाइन् १५ लघुकथा

अन्जना ताम्राकारले सुनाइन् १५ लघुकथा

काठमाडौं । सः दबू साहित्यद्वारा नियमित रूपमा आयोजना हुँदै आएको लघुकथा एकलवाचन कार्यक्रमको चौथो शृङ्खला सम्पन्न भएको छ । प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिने उक्त कार्यक्रममा यसपटक लघुकथाकार अन्जना ताम्राकारलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा ताम्राकारले आफ्ना १५ वटा लघुकथा वाचन गर्नुभएको थियो । निर्धारित समयमै शुरू भएको कार्यक्रम एक घण्टाभित्र सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

सभाध्यक्ष तथा प्रमुख अतिथिविनै सम्पन्न कार्यक्रममा लघुकथाकार ताम्राकारलाई संस्थाका सदस्यद्वय कबिन्द्रलाल प्रधान र सुरेन्द्रभक्त श्रेष्ठले फूलमालाद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य समा श्रीले गर्नुभएको थियो ।

सः दबू साहित्यका संयोजक सुधीर ख्वबिले लघुकथाकार ताम्राकारलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । साथै, कार्यक्रममा उपस्थित शुभेच्छुक श्रोता मोक्षबहादुर अमात्यले दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा उपस्थित श्रोतामध्ये एक जनालाई गोलाप्रथाद्वारा छनोट गरी लघुकथाकार ताम्राकारकै हातबाट उपहार प्रदान गरिएको थियो ।

लघुकथा वाचनमार्फत स्रष्टा र पाठकबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सः दबू साहित्यले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.