नजानेको होइन मैले
आफ्ना भावना भन्न मात्रै सक्दिनँ ।
तिम्रो जीवन फरक, तिम्रा दुःख पीडामा
म आफ्नो भने थप्दिनँ ।
टाढै बस्छु, महसुस हुन्छ सबै कुरा
खै के छ म अनि मेरो मनभित्र
साँच्चै भनूँ भने भन्दिनँ ।
जीवनलाई जोत्दै, पाठ सिक्दै गएँ
“खै त तेरो भावना, माया ?” भनी
आफैँले आफैँलाई प्रश्न गर्दा
मनभित्र जादुगरको सम्झना बिउँझियो ।
फरक यति मात्र थियो
ऊ भने सामान लुकाउने जादुगर
म भावना ।
आफ्ना भावनाहरू
लुकाउन सक्ने जादुगर…।

