साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : लुकेर हान्ने

गजल : लुकेर हान्ने

लुकेर हान्ने खुँखार हुन्छन्

बगेर आँखा जँघार हुन्छन् ।

सुषुप्त संसार शान्त मनमा

अशान्त पार्ने हजार हुन्छन् ।

भनेर मीठो दिएर पीडा

मुहार राम्रो दोधार हुन्छन् ।

म मात्र राम्रो अरू खराब

घमण्ड सारा सवार हुन्छन् ।

खनेर बाटो हिँडेर आफैँ

पिता र माता अपार हुन्छन् ।

सकिन्छ माया लिएर मात्र

दिएर कोही पियार हुन्छन् ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.