साहित्यपोस्ट डट कम

नेपाल सरकार (कविता/नवपुस्ता)

नेपाल सरकार (कविता/नवपुस्ता)

जुन सरकार आउँछ देश लुट्न भ्याउँछ

जुन सरकार आउँछ देश लुट्न भ्याउँछ

सोच्या छु कि यसपालीको सरकार राम्रै आउँछ ।

यसपाली हुने सरकार जनताको आशा

यसपाली हुने सरकार जनताको आशा

नयाँ नयाँ शिक्षा र विकाशको भाषा

नेपाल देश बनाउने उज्यालो बाटो

नेपाल देश बनाउने उज्यालो बाटो

समृद्धि नेपालको हुनेछ सपना साचो

युवा सपना पूरा गर्ने शक्ति

समृद्धि नेपालको सुन्दर दृष्टि

समृद्धि नेपालको सुन्दर दृष्टि

एकता इमानदारी र सत्यको बाटो

जय होस् नेपाल सरकारको,

यसपालीको सरकारले गर्नेछन् काम साचो ।

कक्षाः ६

एरा एभरग्रीन अंग्रेजी विद्यालय

झापा

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.