साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

गीत: के बनायो ईश्वरले

गीत: के बनायो ईश्वरले

के बनायो ईश्वरले बुढो हुने शरीर यो

बाँचेको छु जस्तो लाग्छ तर जीवन मरिरह्यो।

आकाश थाम्ने शक्ति थियो कुनै बेला पाखुरीमा

हाडछाला मात्र रह्यो जीवन यो आखिरमा ।

हात-पाउ चल्न छोडे आफ्नै शरीर भारी भयो

बाँचेको छु जस्तो लाग्छ तर जीवन मरिरह्यो ।

ओइलाएर घाम जस्तै अस्ताउने रैछ जीवन

रहर होइन बुढो हुने फर्किएन फेरि यौवन ।

अङ्ग-अङ्ग सबै गले जिउ पलपल्मै ढल्यो

बाँचेको छु जस्तो लाग्छ तर जीवन मरिरह्यो ।

के बनायो ईश्वरले बुढो हुने शरीर यो

बाँचेको छु जस्तो लाग्छ तर जीवन मरिरह्यो।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.