साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

१७ औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, ‘कमिला र फट्याङ्ग्रा’ सर्वोत्कृष्ट

१७ औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, ‘कमिला र फट्याङ्ग्रा’ सर्वोत्कृष्ट

काठमाडौं । शैली थिएटर ले रुसी सदन र ओजस थिएटर सँगको सहकार्यमा आयोजना गरेको १७ औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न भएको छ। कमलपोखरीस्थित रुसी सदनमा माघ २६ गतेदेखि सञ्चालन भएको महोत्सवको समापन समारोह गत शनिबार सम्पन्न भएको हो।

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको सभापतित्व तथा प्याब्सन का राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मकालु मोरङ स्कुल ले जीवन बरालको निर्देशनमा प्रस्तुत गरेको नाटक ‘कमिला र फट्याङ्ग्रा’ सर्वोत्कृष्ट घोषित भयो। निर्णायक आशान्त शर्मा र केदार श्रेष्ठ रहेको महोत्सवमा उक्त नाटकलाई आन्तोन चेखभ सर्वोत्कृष्ट नाटक पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी मेधाश्री विद्यालय को ‘यशश्वी भवः’ दोस्रो तथा मृगशिरा स्कुल को ‘सेतो जुत्ता’ तेस्रो स्थानमा रहे।अन्य पुरस्कारहरूमा अभिनयतर्फ मृगशिरा स्कुलका आदित्य श्रेष्ठ ज्युरी अवार्ड बाट सम्मानित हुनुभयाे । मेधाश्री स्कुलकी छात्रा सोभी तामाङ उदाउँदो कलाकार घोषित हुनुभयाे ।

सर्वोत्कृष्ट पुरुष बाल कलाकार पुरस्कार रेडस्टार मावि का काव्य बरालले प्राप्त गर्नुभयाे । सर्वोत्कृष्ट नारी बाल कलाकार पुरस्कार माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी की निश्ता धिमाललाई प्रदान गरियो। सोही एकेडेमीको ‘श्रवणकुमार भर्सस श्रवणकुमार’ नाटकका लागि जीवन बराल सर्वोत्कृष्ट निर्देशक घोषित हुनुभयाे ।

ललितपुरको महेन्द्र आदर्श माध्यमिक विद्यालय ले प्रस्तुत गरेको ‘हामी एक हौँ’ लाई उदाउँदो नाटक उपाधि प्रदान गरियो भने दर्शक छनोट शैली–विशेष पुरस्कार मृगशिरा स्कुलको ‘सेतो जुत्ता’ ले प्राप्त गरेको छ।

नयाँ पुरस्कार घोषणा

कार्यक्रममा रङ्गकर्मी रमेश देवकोटाले स्वर्गीय कलाकार सानु ताम्रकार र उहाँका दिवङ्गत छोरा सारुक ताम्रकारको स्मृतिमा आगामी वर्षदेखि १५ हजार रुपैयाँ राशिको ‘सानु–सारुक रङ्गतारा’ पुरस्कार स्थापना गरिने घोषणा गर्नुभएकाे छ ।

यस वर्षको महोत्सवमा काठमाडौं, ललितपुर, काभ्रे, झापा, मोरङ, दाङ र नवलपुरका १८ विद्यालय तथा नाट्यसमूहका बालनाटक प्रस्तुत भएका थिए। समापनअघि रङ्गकर्मी केदार श्रेष्ठले ‘बाल रङ्गमञ्च : अवधारणा र अभ्यास’ विषयमा विशेष प्रस्तुति दिनुभएकाे थियाे भने कार्यक्रमको सहजीकरण महेश पौड्यालले गर्नुभएकाे थियाे।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.