अझै पनि माइकल ज्याक्सनको जादू कम भइसकेको रहेनछ भन्ने उदाहरण फ्रान्समा देखिएको छ । फ्रान्समा भएको एउटा लिलामीमा उनको मोजालाई किन्न हानाथाप भएको छ ।

१९९० को दशकमा फ्रान्समा भएको एक कन्सर्टको समयमा माइकल ज्याक्सनले लगाएको चम्किलो मोजा १० लाख केन्यन शिलिङ भन्दा बढी मूल्यमा बिक्री भएको छ ।

यो मोजा सन् १९९७ मा भएको ‘हिस्ट्री वल्र्ड टूर’को एक प्रस्तुतिपछि गायक ज्याक्सनले फालिदिएका थिए ।

उक्त मोजालाई लिलामीमा राख्दा धेरैको ध्यान खिच्न सफल भयो । गएको जुलाई ३० बुधवार लिलामीमा बिक्रीसमेत भयो ।

सो मोजा फ्रान्सको दक्षिणी शहर नाइम्समा भएको कन्सर्टपछि ज्याक्सनको ड्रेसिङ रुम नजिक एक प्राविधिकले फेला पारेका थिए । ज्याक्सनले उक्त कार्यक्रममा सेतो रङको स्पोर्ट्स मोजा लगाएका थिए । त्यसमा चम्किला पत्थरहरु जडित थिए ।

सो मोजा वास्तविकमै ज्याक्सनको थियो भन्ने प्रमाणित गरिएपछि उनका प्रशंसकका लागि यो अमूल्य स्मृतिचिह्न बन्न पुग्यो । यो मोजा ज्याक्सनले आफ्नो प्रसिद्ध गीत ‘बिली जीन’ गाउने क्रममा लगाएका थिए ।

मोजा अहिले पनि राम्रो अवस्थामा रहेको भए पनि थोत्रिन थालेको संकेतहरु देखिएका छन् । जडित पत्थरहरू पहेँलो भएका छन् भने वर्षौंको प्रयोगले केही दागसमेत देखिन थालेको छ ।

तर माइकल ज्याक्सनका प्रशंसकका लागि त्यो थोत्रो होस् कि नयाँ होस्, त्योसँग के मतलब ! उनीहरुलाई त माइकल ज्याक्सनको सामग्री आफूसँग छ भन्ने गर्वमै ठूलो मूल्य लुकेको छ ।