टलपल टलपल आँसु आँखामा
पलपल पलपल झर्छ काखमा
ती मेरी आमा एक होइनन्
ती आमा एक हुन् लाखौँ लाखमा ।

सहेकी ती, दीन–दलनको इतिहास
मेटाउनेछिन् ती चलनको इतिहास
आगो पचाउँछिन् ती, आफ्नै काखमा
ती योद्धा एक हुन् लाखौँ लाखमा ।

सुकाई आँसु ! ती छातीभित्र
बाँच्नेछिन् ती, चिरकाल मभित्र
ती मुर्दा होइनन् यो धरा काखमा
ती योद्धा एक हुन् लाखौँ लाखमा ।