
ताराप्रसाद चापागाईं
सवाई लोक छन्दमा कविता
हिन्दु धर्म संकृतिमा देव देवी धेरै
मुर्ति वृक्ष नदि नाला भगवान मेरै ।
मानिसको प्राण धान्ने जलवायु जान्नु
संरक्षण गर्न अब एकजुट बन्नु
सभ्य शिष्ट भन्द्रताको परिचय दिनु
सामाजिक आध्यात्मिक प्रतिबिम्ब लिनु ।
जनावर मानिस नि त्यही पानी खान्थे
व्रतालु ति बागमतीमा नुहाएका हुन्थे
हेर्दा हेर्दै कस्ले गर्यो फोहोर नराम्रो
हेर्न खोज्छु भेटिंदैन त्यही नदी हाम्रो ।
प्रकृति यो सुन्दर त लोभिन्छ नि मन
दुषित भै नानाथरी रोग लाग्छ झन
घरघर फोहोर त्यो व्यवस्थित गरौं
नेपालीको जातित्वमा पहिचान भरौं ।
पशुपति ठूला हाम्रा देवताको काख
पुस्तौ पुस्ता वातावरण जोगाएर राख
पवित्र यो तीर्थ स्थल बागमतीको तट
अपवित्र पारी त्यसै गर्नु हुन्न लुट।
यता उता हेर्दा हेर्दै समय त्यो गयो
सरकारी निकाय नि निकम्मा झैँ भयो
अधिकार बागमतीको जोगाउन आउ
दोषी को हो पहिचानी घोक्रेठ्याक ख्वाउ।
आव्हान यो गर्छु अब जोगाउनु पर्यो
छुट्टिएन नदि हाम्रो ज्यूँदै छ कि मर्यो
अरुलाई हेर्ने हैन कर्तव्य के जानौं
सभ्यता यो बाग्मतीको प्राण हाम्रो मानौं ।
धुनिबेसी न.पा.-९ धादिङ
हाल प्रवास ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









