
ममतामयी देवी सादगीकी रानी,
गुलाबी उज्यालोमा जय ब्रह्मचारिणी।
नवरात्रिको यो शुभ मङ्गल अवसरमा,
पग्लिन पाऊँ हजुरको श्रद्धा र प्यारमा।
जपमालामा घन्किन्छ आत्मबलको सङ्गीत,
कमण्डलुमा झल्किन्छ तपस्याको प्रीत।
हे माता गरी देऊ सबैलाई कृपा अपार,
प्रेमले हटाई देऊ सबका पीडा र भार।
हाम्रो जीवनमा झलमल्ल उज्यालो ल्याइदेऊ,
शान्तिको भूमिमा ज्ञानको दीप जलाई देऊ।
नवरात्रिको दोस्रो दिन तिमीलाई अर्पण छ,
हे आमा,
छाहारी मेरो भइदिन्छ तिम्रो निश्छल माया।
हे ब्रह्मचारिणी, देखाऊ नारी शक्तिको
जीवित मान,
अज्ञानीको अज्ञान हटाई गर सम्पूर्ण सृष्टिको शान।
हे ब्रह्मचारिणी, तपस्यामा तिमी लीन बनी,
कमण्डलु बोकी, शिव प्रेममा जीवन,
भनी।
फूलहरूमा तिमी गुलाब, रङहरूमा गुलाबी,
तिमीबाट नै जन्मन्छ धैर्य, ज्ञान र
समझदारी।
तिमी नै हौ निश्छल प्रेम-करुणाको पुजारी,
हे माँ, आत्मबलकी रानी, शरणमा लेऊ हामी अज्ञानी।
अज्ञानको अन्धकारलाई तिमीले हटायौ।
जपमालामा तपस्याको मार्ग देखायौ,
नारीत्वको फूल तिमीले फुलायौ,
हे करुणाकी सागर, हाम्रो दुख आफूमा
विलिन गरायौ।
(नोट: ब्ल्याकटाउन, अष्ट्रेलिया २० सेप्टेम्बर २०२५ मा आयोजित नवदुर्गा साहित्यिक
कार्यक्रममा वाचन गरिएको कविता।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

