
चौरासी अब टाढा छैन –
बेलैमा एउटा दृढ़ संकल्प गर्नु छ
सकभर मजबुर भोकलाई रोक्नु छ
स्वार्थको भात र नोटलाई रोक्नु छ
देश लुटनेको हिसाब सम्झी सम्झी
प्रलोभनको एकएक भोटलाई रोक्नु छ
र रोक्नु छ – कठोर धम्की र डरलाई
रोक्नु छ, आफ्नै मृत्यु दर्ताको करलाई
मानौं आफ्नै भएर पनि यो देश
घरदेश नभई परदेश जस्तो छ – जहाँ
न कहिले स्याबासी छ न सलामी छ
न जिउँदोमा जन्ती छ, न मर्दामा मलामी छ
गल्ती हाम्रै हो –
उनासीको भोटमा बेचिदा
न पँधेरोको पानी आफ्नो छ
न यो पौरखी जवानी आफ्नो छ
जता बाटो देखायो त्यतै लागे
कता लागे था’छैन – फर्की आउँदा
न बिछ्यौना, न सिरानी आफ्नो छ ।
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
