
हुनता “नबिराउनु नडराउनु भन्छ”
तर समय त्यस्तो छैन
नबिराएकै कारण – म डराइरहेछु
किनकि – मैले पासोमा
चरा फटफटाएको देखेको छु
बल्छीमा माछो छटपटाएको देखेको छु
चाहे – गुँडमा बचेरा छोडेर
चारो जुटाउन निस्केका चरा होस्
या मनको पीर बिसाउन
मनैको चौतारी खोज्दै हिँडेका विचरा होस्
घुम्ती घुम्तीको धरापमा परेको छ
परिबन्धको प्रलापमा परेको छ
सुन्नु नसुन्नु त्यो बग्लै कुरा हो
तर आज पनि देश –
असंख्य सतीको सरापमा परेको छ
नबिराउँदाको यो चोट, यो पीडा
कि त देशको माटोलाई था ‘छ
कि त इतिहासको
त्यो कुनै दु:खद् पाटोलाई था ‘छ ।
चैनपुर, संखुवासभा
हाल- रातोपुल, काठमांडू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
