
कहिले शिशिर यामको जाडोमा
मात्र प्राण धानेर बाँचिरहेको
सुषुप्त भ्यागुताको जीवनशैली जस्तै
कहिले आफसेआफ भरिदै जाने
र आफसेआफ रित्तिदै जाने
कुनै जादुगरको संशयपूर्ण थैलीजस्तै
एउटा अनौठो- सपना र अवसरको
व्यापार रहेछ पूँजीबजार
जुन बजारमा –
त्यही सपना र अवसरको
जोखतौल हुन्छ, मोलमोलाई हुन्छ
र अन्तत: स्वइच्छाको किनबेच हुन्छ
तर त्यो किनबेचमा लुकेको
अन्तरकथा फरक फरक हुँदोरहेछ
कसैको कथामा- महल बेचेर
छाप्रो किनेको पीड़ा लुकेको हुन्छ
कसैको कथामा- छाप्रो बेचेर
महल किनेको खुसी लुकेको हुन्छ ।
चैनपुर, संखुवा सभा
हाल: रातोपूल, काठमांडू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
