
कसैले तिम्रो सिरानीमा
यदि पैसा राखिदिएछ भने
सम्झनु- आफ्नो सपना पनि
आफ्नो नभई उसैको हुनेछ
दयाको पासोमा पारेर
पैसाको धारले-
हृदय रेटने धेरै छन् यहाँ
यदि त्यो धारमा
तिम्रो हृदय परेछ भने- सम्झनु
आफ्नो हृदय पनि
आफ्नो नभई उसैको हुनेछ
सक्छौं भने बेलैमा होश गरौं
हैन भने- न लहना आफ्नो हुनेछ
न चाहना आफ्नो हुनेछ
बन्दकीमा परेपछि- जिन्दगी
न बाँच्ने बहाना आफ्नो हुनेछ ।
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
