आज पनि
ती चराहरू छटपटाई रहेछन्
जसका बचेराहरू
पासोमा फटफटाई रहेछन्
जुन दृश्य हेरेर –
दु:खी हुने चराहरू झनै दु:खी छन्
र त्यही दृश्य हेरेर खुशी हुने
चराशिकारीहरु झनै खुशी छन्
तर त्यो बेला पनि चराहरू
विद्रोहको उडान भर्दै
जोखिम मोलिरहेकै हुन्छन्
जब जब वनको काफलमा
चराको अधिकार खोसिन थाल्छ
जब जब चराको स्वच्छन्द वेग
पिंजडामा छोपिन थाल्छ ।
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 




