हाम्रोजस्तै
मनै रेटने सारङ्गीले
उनको पनि रेट्यो कि त
हाम्ले जस्तै धुनको पीडा
उनले पनि भेटिन् कि त
चौतारीको खुसी साट्ने चरा कहाँ गयो
गाउँको मुटु धितो राखी – शहर पस्ने
उनले कतै देखिन् कि त

आँशु देख्दा रुने हामी
उनकै खुशी लुट्न सक्छौँ
पिंजडामा चरा छोपी
उनकै प्वाँखमा उड्न सक्छौँ

जति कथा गाए पनि व्यथा रुन सक्छ
रो’को कथा रुवाउनेको खुशी हुन सक्छ
मान्छेभित्र कुनै कुना मान्छे भए मात्रै
सारङ्गीको धुनले पनि उनलाई छुन सक्छ ।

चैनपुर, संखुवा सभा
हाल: रातोपुल, काठमाडौँ