दु:खको बारबेर रैछ ज़िन्दगी
जसोतसो सम्झौताको चोयाले
घरी घरी बारबेर गर्नै पर्दोरहेछ
कहिले छाना उडाउने
हुरीसँग पनि सम्झौता गर्नुपर्ने रहेछ
कहिले माया गर्ने मान्छेको
दुरीसँग पनि सम्झौता गर्नुपर्ने रहेछ
अँधेरो भन्दैमा ज़िन्दगीको यात्रा
कहाँ रोकिने रैछ र –
बरु गन्तव्यसम्म पुग्न
बिजुली चम्केको बादलसँग पनि
सम्झौता गर्नुपर्ने रहेछ
आखिर ज़िन्दगी हो – छूट छैन कसैलाई
समयको धागो र चिताको आगोसँग
अन्तिम सम्झौता गर्नैपर्ने रहेछ ।
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला