उनी भन्छिन्
“मेरी दिदी” भनेर
माया गर्ने त्यो हृदयलाई
सजाउन नपाएपछि
यो वर्ष पनि
उनको बगैँचाको सयपत्री
प्रतीक्षाको सन्तापमा ओइलाएर गयो

तर पनि त्यो माया
र त्यो आशाले भन्छ
उनको प्रतीक्षाको खुशी सजाउन
त्यही बगैँचामा – अर्को वर्ष
फेरि सयपत्री फुल्न आउनेछ

०००

इन्द्रेणी

हृदयको आकाश – आज
सिमसिम पानीले भिजेको छ
इन्द्रेणीका रङहरू पनि भिजेका छन्

लाग्छ- तिम्रो ओभानो निधारमा
त्यही भिजेको इन्द्रेणी
गाँठो परेर लतपतिएको होला

ब्यर्थै घरछेउमा आएर
मेरो मन भत्किने गरी
यो काग किन कराएको होला
आखिर वर्षौंदेखि
तिहारमा भाइलाई पर्खिने
बानी परेकै थियो ।

चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ