धन्न बिचरा हामी नेपालीहरू
एउटा बहाना मात्र चाहिन्छ
अटाई नअटाई छातीमा पीर बोकेर पनि
रमाएर गाउन सक्छौँ
रमाएर नाच्न सक्छौँ
र मन खोलेर हाँस्न सक्छौँ
तिहारको देउसी भैलोको बहानामा
हामी युगौँदेखि यसैगरि
पीर नभए जस्तैगरि
नाच्दै गाउँदै आइरहेका छौँ
लाग्छ- गाँस बासको पीर नभए
विपत्ति विनासको त्रास नभए
र परदेशको बगरमा नभौँतारी
आफ्नै समृद्धि र भरोसामा
स्वावलम्बी जीवन ज़िउन पाए
कस्तो कस्तो देउसी गाउँथ्यौँ होला
भैलीमा कस्तो कस्तो भाका लाउँथ्यौँ होला
सोच्छु- त्यो सुखद् देउसी भैलो
मेरो आँगनमा कहिले गाउने होला !
चैनपुर, संखुवा सभा
हाल: रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 




