मन छुने माया
हरियो वनको शीतल ओडेर
युग बिताएका चराका बथानहरू
मौसमी रङमा रमाएका
हाँगाका सबै फूलहरू बिर्सिएर
बसाइँ सरेका नीरस कथाहरू पनि
अब त धेरै पुरानो भैसकेको छ
तर पनि त्यही वनको- मनछुने माया
राउटेको हृदयमा अझै बाँकी नै छ ।
अनभिज्ञ
आफ्नै मान्छेले
घाँटी थिचेको पीड़ा
कहीँ न कहीँ देशलाई दुखेको छ
तर तिनै मान्छेहरू – घरी घरी
मुस्कानका कुरा गर्छन्
सायद उनीहरू अनभिज्ञ छन्
कि – देशको पनि हृदय हुन्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 




